Vutlaxapu
Laxmibhuwan sun chadi

‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाव सामान्य’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी ।दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको सूचना पाइएको जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

पहिरोले अपिहिमाल आधार शिविर जाने मार्ग भने अवरुद्ध गरेको उनले बताए। ‘अहिले पहिरो झर्नेक्रम रोकिएको छ, थुनिएको नदी खुलिसकेको छ’, उनले भने।

सो ठाउँमा विगतमा पनि पहिरो गएको थियो।

पहिरोबाट नजिकैको वस्ती जोखिममा परेको छ। यद्यपि, आजको पहिरोले बस्तीमा क्षति पुगेको छैन। सो क्षेत्रबाट माथि अपिहिमालको आधार शिविर पर्दछ।

यसअघि पहिरो खसेर सो नदी केही थुनिएको सूचना प्राप्त हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page