



बैतडी,
बैतडीको पाटन स्थित कनेडामोडमा टिप्पर दुर्घटनामा परेको छ दशरथचन्द राजमार्ग अन्तरगत पर्ने पाटन ६स्थित कनेडामोडमा भएको टिप्पर दुर्घटनामा परी ४ जना घाईते भएका छन् । म १ क ३८८ नं को टिप्पर दुर्घटनामा परी चालक कञ्चनपुरको बेतकोट ५का सन्तोश डगौरा, सहचालक भिमदत्त नगरपालिकाका बिरेन्द्र चौधरी, बैतडीको पाटन ३ का हिरा बिक र पाटन ४ का हरिना ऐर महराघाईते भएका हुन् । उनिहरुलाई उपचारको लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
टिप्पर सडकबाट करिब ३ सयमिटर तल खसेको छ ।




