



बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ स्थित विनायक घाटबाट भन्सार छली गरी ल्याइएका ३ लाख १७ हजार ७ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
बुधबार इलाका प्रहरी कार्यालय मेलौली, बैतडीका प्रहरी नायब निरीक्षक (प्रनानि) दीपेन्द्र चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विनायक घाटबाट भन्सार छली गरी ल्याइएका उक्त मूल्य बराबरका सामान बरामद गरेको हो।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।




