Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार वार्ड नं २,४,र ५ मा मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप

किसान चिन्तीत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी असार ७
बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं २,४,र ५ मा मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ। मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन्। गर्मि बढेसँगै फौँजि किराको प्रकोप देखिएको र मनसुन सक्रिय भइरहेकोले नियन्त्रण भइरहेको दोगडाकेदार गाउँ पालिकाका कृषि प्राविधिक राम वहादुर बिष्टले जानकारी दिएका छन्। साथै प्रभावित स्थानहरुमा कृषि प्राविधिक सहित आौषधि पठाउने काम भइरहेको बताएका छन।

जय भगवति मेलौली सुनचाँदी

साधारणतया मकै छरेदेखि भॉच्ने बेलासम्म विभिन्न प्रकारका किराहरुले आक्रमण गर्दछन । ति मध्ये विश्वभरि करिब ४ वर्ष अघिदेखि मकै खेतिमा प्रभाव पारेको र नेपालमा अघिल्लो बर्ष यता मकै खेति गर्ने किसानलाई क्षति पु¥याउदै आएको शत्रु अमेरिकन फौजि किरा हो । यसलाई अंग्रेजीमा अमेरिकन फल आर्मी वर्म भनिन्छ ।फौजि किराका केहि प्राकृतिक शत्रु जस्तै बारुलोको प्रयोग गरेर पनि किराको प्रकोप कम गर्न सकिन्छ ।

यसको रोकथामको लागि   जैविक विषादि जस्तै महाशक्ती, डायपेल आदि २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने,  इमामेक्टीन बेन्जोएट ५% SG ०.५ गा्रम प्रतिलिटर पानिमा राखेर स्प्रे गर्ने  स्पिनोसाड ४५% SC र क्लोरान्ट्रानिलिप्रोल १८.५ % SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोट पुरै भिज्ने गरि स्प्रे गर्ने ।  स्पाइनोस्याड ४५% SC १ मिलिलिटर प्रति ३ लिटर पानिमा राखेर बोटमा स्प्रे गर्ने ।लगायतका कुराहरुमा कृषकहरुले ध्यान दिनुपर्ने कृषि प्राविधिक बिष्टले बताएका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page