



बैतडि:पुस-१० निर्वाचन आयोगले मौजूदा कानून बमोजिम स्थानीय तहको निर्वाचन २०७९ वैशाख १४ गते गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्न उपयुक्त हुने भन्दै आगामी वैशाख १४ गते बुधबार स्थानीय तहको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएको हो
आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा स्थानीय तहको निर्वाचन सकेसम्म एकै चरणमा गर्न सुझाव दिएका हुन् । यदि कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणमा वैशाख १४ गते र दोश्रो चरणमा वैशाख २२ गते गर्न सकिने पनि आयोगले जनाएको छ




