गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिकामा साढे ६४ करोड बजेट, यी कार्यक्रम प्राथमिकतामा परे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,
बैतडीको दोगडाकेदार गाउँपालिकाले साढे ६४ करोड बजेट ल्याएको छ । आजको गाउँसभाबाट उपाध्यक्ष पार्वती कार्कीले अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सर्बजनिक गर्नु भएको हो । उनले आगामी आर्थिक वर्ष २०७९ ०८० मा ६४ करोड ६२ लाख ८२ हजार बजेट छुट्याएको बताइन् ।
निति तथा कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य, युवा स्वरोजगार लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताइन । मुख्यगरी, बाझो जमिनलाई सदुपायोगरी उत्पादनमा जोड दिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

खालि ठाँउ २

शिक्षा तर्फपनि उच्च शिक्षा अध्यान गर्ने दलित महिलाहरुलाई छात्राबृतीको ब्यवस्था गरिने जनाइएको छ ।
यसैगरी दोगडाकेदार ७ चडेपानीमा रहेको लवलेक खेलमैदानलाई भागरथी खेलमैदान नामाकारण गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उक्त खेलमैदान निर्माणधिन अवस्थामा छ ।
यसैगरी असक्त, अनाथ, असहाया र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी दोगडाकेदारमा १ ब्यक्ती २ बोट, १ गाउँ एक नर्सरी कार्यक्रम पनि अगाडी बढाईने उल्लेख गरिएको छ ।
शिक्षा तर्फकै हेलो दोगडाकेदार हामि बिद्यार्थी कार्यक्रम पनि लागु गरिने निति तथा कार्यक्रममा समाबेस गरिएका छन् ।
पर्यटन क्षेत्रहरुको प्रवर्धन गरिने र युवा लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ । देउलेक केदारलाई पर्यटन आगमन गन्तब्यको रुपमा बिकास गर्ने, निजि सहकारी र सरकारी लगानीमा साबुन उद्योग स्थापना गर्ने, एक वडा एक चक्रपथ रोड, एक टोल एक सडक र एक घर एक धारा, प्रत्येक टोलहरुमा पिसिसिबाटो निर्माण र नमुना कृर्षकहरुलाई पुरस्कारको ब्यवस्था पनि कार्यक्रममा समेटिएका छन् ।

प्रदेशका गौरवका योजनामा रहेका रिम सडक, कालागाउँ सडक, लवलेक खेलमैदानमा प्रदेश सरकारले बजेट कटौती गरेकोमा पालिका सरकारले दुख ब्यक्त गरेको प्रबक्ता दिनेश प्रशाद भट्टले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page