



बैतडि – पुस १० धार्मिक पर्यटनलाई बढाउनका लागि कचनपुर को शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो। दाताको सहयोगमा मूर्ति निर्माणको कार्य भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताए। “मूर्ति निर्माणका लागि दाताबाट सङ्कलित सहयोग तीन लाख ९३ हजार खर्च गरेका छौँ”, अध्यक्ष ठगुन्नाले भने, “अपुग रकमका लागि दाताले सहयोगको अश्वासन दिएका छन्।
गत भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ। “सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन” उनले भने, “स्वस्फुर्त रुपमा दाताले सहयोग रकम उपलब्ध गराउनुभएको छ। त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ




