Vutlaxapu
Laxmibhuwan sun chadi

आज मदन भण्डारीको ७१औँ जन्मजयन्ती बैतडीमा पनि मनाइयाे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१ औ जन्मजयन्ती बैतडीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । आज मदन भण्डारी फाउन्डेनको आयोजना उनको ७१ औ जन्म जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको हो । वर्तमान राजनितिक परिस्थीतमा जनताको बहुदलिय जनवादको सान्दर्भिकतामा विचार गोष्ठीको आयोजना गरी मनाईएको फाउन्डेसनका केन्द्रिउ सदस्य सरस्वती नेपालीले बताउनुभयो ।

जय भगवति मेलौली सुनचाँदी

भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउापालिका–२ ठोट्नेमा भएको थियो। नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गरेका थिए। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।

मदन भण्डारी फाउन्डेसनका जिल्ला कमिटी सदस्य लोकेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश सांसद लिलाधर भट्ट प्रमुख अतिथी रहनुभएको थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page