Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको बाङ्गाबगरमा मोटरसाइकल र अटो एकआपसमा ठोकिएर दुर्घटना, ५ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको बाङ्गाबगरमा अटो र मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा ५ जना घाइते भएका छन् । महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका ६ मा पर्ने बाङ्गाबगरमा पञ्ज्युनयाबाट गोकुलेश्वर तर्फ गइरहेको सुपप्र ०२००३ प९३६७  नंको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको सुप प्र ०१ ००१ ह ४९६७ नंको  अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी पाँच जना घाईते भएका छन् । घाईते हुनेमा दार्चुलाको लेकम १ का ३२ वर्षीय मान सिहं कार्की उनकै श्रीमती ३० वर्षीय भागरती कार्की, बैतडीको दोगडाकेदार १ का ५० वर्षीय खुईले भुल, अटो चलक डिलाशैनी ६का ४० वर्षीय मनोरथ नाथ र वडा नं ६कै मोटरसाईल चालक तथा सेटीगाउँ कृषि क्याम्पसका उपप्राध्याप समेत रहेका भरत माल  घाइने भएका हुन् । घाइनेहरुको गोपुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page