


बैतडी,
बैतडीको गोठलापानीमा बजार अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको संयोजकत्वमा हिजो संयुक्त बजार अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रवीन अधिकारीले जानकारी दिएका छन्
बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री विक्रि गर्ने एक जना व्यापारीलाई दश हजार जरीवाना गरिनुका साथै म्याद नाघेका झण्डै ९हजार ९ सय ५५ रुपैंया बराबरका विभिन्न सामग्री बरामद गरी नष्ट गरिएको डिभिजन कार्यालयका प्रमुख अधिकारीले बताएका छन।

बजारमा म्याद नाघेका सामग्रीको विक्रि वितरण नहोस, कालोबजारी नहोस भन्ने उद्देश्यले बजार अनुमगन गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।
बजारमा दैनिक उपभोग्य सामग्री खरीद गर्दा मिति हेरेर मात्र खरीद गर्न आग्रह गरिएको छ । यस्तै जिल्लाका अन्य बजारहरुमा पनि अनुगमन गरिने संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।





