



बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ मा हिजो साँझ परेको चट्याङले क्षति पुर्याएको छ।हिजो साँझ परेको चट्याङले दोगडाकेदार गाउँपालिका वार्ड नं ३ मा एक भैंसी मरेको छ । यसैगरी ३ पशुचौपाया घाइते भएका छन् । दोगडाकेदार–३ श्रीकोट जडेखालीका राजेन्द्र जोशीले पालेको एक भैंसी मरेको, एक गाई, एक बाच्छो, एक बाख्रो घाइते भएको स्थानीय हरीश जोशीले जानकारी दिए। साँझ पौने ७ बजेतिर गोठमा बाँधेका चौपायामा चट्याङ परेको हो। चट्याङले राजेन्द्रले घरमा रहेको विद्युत्को वायरिङ र सोही ठाउँका नवराज भुल र बलराम जोशीको घरमा रहेको विद्युत्को मिटरमा पनि क्षति पुगेको छ। यस्तै खोचलेक प्रहरी चौकीको सोलार, इन्भर्टर र बजार क्षेत्रमा जडान गरिएको सिसिटिभीमा चट्याङले क्षति पुर्याएको छ।




