



बैतडी
बैतडीको सिगास गाउँपालिका ७ मा कुकुरको टोकाइबाट बिद्यालयमा कार्यरत लेखापालको मृत्यु भएको छ । वाड नं ७ कै बालकृष्ण माविका लेखापाल ३६ वर्षीय नरेन्द्र बहादुर साउँदको कुकुरको टोकाइबाट मृत्यु भएको हो ।
उनलाई तीन महिना पहिले कुकुरको टोकेको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत मंगलबार उपचारका लागि अस्पताल लगिएको हो । चेकजाँचका क्रममा रेबिज पुष्टि भएको र उपचारकै क्रममा मृत्यु भएको सिगास गाउँपालिकाका शिक्षा साखा प्रमुख रमेश भट्टले बताए ।




