


बैतडी,

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बैतडीको अध्यक्षमा नरेन्द्र साउँद सर्वसम्मत चयन भएका छन् । मंगलबार बैतडी सदरमुकाममा सम्पन्न भएको अनेरास्ववियुको १२ औं जिल्ला अधिवेशनले साउँदको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा रामसिंह माल, सचिवमा प्रेमसिंह कार्की, कोषाध्यक्षमा हेमन्ती बोहरा र सहसचिवमा महादेव तिवारी र सञ्जु भण्डारी लगायत अन्य सदस्य चयन भएका छन् ।
यस्तै श्रावण २१ गते राष्ट्रिय युवा संघको जिल्ला सम्मेलन पनि हुने नेकपा एमालेका जिल्ला कमिटी उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । 




