



बैतडी _साउन १ गतेदेखि जिल्ला प्रसासन कार्यालय बैतडीले बिधुतिय टोकन प्रणाली सञ्चालनमा ल्याइएको छ।पहिला पुग्ने सेवाग्राहीलाइ पहिले कामको पालो पाउन सजिलो होस् भनेर टोकन प्रणाली सञ्चालनमा ल्याएको सुचना अधिकारी खगेन्द्र भारतीले बताए।
यसअघि पहुँच भएका र थाहा पाएकाहरुले पालो मिच्दा सोझासाझा सेवाग्राहीले समयमा पालो पाउन गाह्रो पर्ने गरेको थियो।अब जुन पहिला पुग्यो, उसले टोकन लिएपछि उसले नै अगाडि लिने प्रसासनले जनाएको छ।
पछिल्ला केहि सातादेखि राष्ट्रिय परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी लगायतका सेवालिने सेवाग्राहीको भिड बढेपछि प्रसासनले टोकन प्रणाली सुरु गरेको जनाएको छ।




