Vutla
Laxmibhuwan sun chadi

एमालेकाे दोगडाकेदार गाँउपालिका ३ र ७ को बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी। पुस ११ नेकपा (एमाले) दोगडाकेदार गाउँपालिका वडा नं ३ र ७ को सँयुक्त बैठक सम्पन्न भएको छ। गाउँपालिकाकाे सनातन धर्म मा.बि. मा सम्पन्न उक्त बैठकले पार्टी निकट युवा संघ र मुक्ति समाजकाे आगामि पालिका सम्मेलनकाे तयारी गर्ने जनाएकाे छ।
बैठकमा पार्टीको आगामी रणनीति, सँगठन बिस्तार तथा पुस १५ गते पालिकामा आयाेजना हुने मुक्ति समाज र राष्ट्रिय युवा सँघको सम्मेलनको तयारीका बिषयमा छलफल भएकाे जिल्ला कमिटी सदस्य कमल भुल ले बताए। एमालेकाे वडा नं ३ अध्यक्ष करन भुलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतीथि जिल्ला सचिवालय सदस्य जनक बहादुर चन्द रहेका थिए। त्यस्तै पार्टीका जिल्ला कमिटी सदस्य तथा गाउँ कमिटी सचिव कमल भुल विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतीथि चन्दले देश बामपन्थी र दक्षिणपन्थी गरि दुइ ध्रुवमा विभाजित भएपछि बामपन्थी हरुको नेतृत्व नेकपा (एमाले) ले गरिरहेको बताए ! दक्षिणपन्थीहरुको नेतृत्व गरेकाे काँग्रेसकाे पछि लागेर माधब नेपाल र प्रचण्ड गलत बाटाेमा लागेकाे उनकाे भनाई थियाे ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page