



बैतडी कोरोना महामारी अघि र पछिको एसईई नतिजा तुलनात्मक रुपमा खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार कोभिड अगाडि र अहिले नतिजा तुलनात्मक रुपमा खस्किएको देखिएको हो ।
कोभिड अगाडि अर्थात शैक्षिक सत्र २०७५ मा २ लाख २९ हजार १३४ छात्रा र २ लाख ३० हजार १४१ जना छात्र परीक्षामा सहभागी भएकामा शैक्षिक सत्र २०७८ मा सो संख्या बढेर छात्रा २ लाख ४६ हजार ९४१ जना र छात्र २ लाख ४८ हजार ७८४ जना सहभागी थिए । जसमा विभिन्न जीपीए ल्याएर उत्तीर्ण हुनेको संख्या खस्किएको हो । तथ्यांकअनुसार शैक्षिक सत्र २०७५ मा ३.६ देखि ४.० जीपीए ल्याएर उत्तीर्ण हुने प्रतिशत ३.८३ थियो तर यो वर्ष १.९४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर तीन वर्षअघि ११.१३ प्रतिशत उत्तीर्ण भएका थिए । यो वर्ष सो प्रतिशत घटेर ८.४० मा सीमित भएको छ ।#रा




