


बैतडी,
बैतडीको पाटन नगरपालिकाले बजार अनुगमन क्रममा २ लाख २ हजार ७५० रुपैया राजस्व संकलन गरेको छ । वडा नं ८ को खोडपे बजारमा आज अनुगमन गरिएको थियो । उक्त अनुमगनका क्रममा २ लाख २ हजार ७५० राजस्व संकलन गरिएको हो । उपप्रमुख कमल बोहराको नेत्तृत्वमा आएको अनुगमन टोलीले बजार क्षेत्रमा रहेको ब्यावसायीक पसलहरुको नविकरण, दर्ता नभएको भए दर्ता प्रक्रिया र केहि वर्ष अघि देखि नविकरण गर्न छुटेका ब्यावसायिक पसलबाट कर संकलन गरेको हो ।

बिभिद कारणले नविकरण तथा दर्ता गर्न छुटेकाहरुको सहजताका लागि पसलमै आएर सेवा प्रदान गरेको उपप्रमुख कमल बोहराले बताए ।
यसैगरी बिभिन्न पसलहरुमा म्याद नाघेका अखाद्य बस्तुहरु पनि संकलन गरी नष्ट गरिएको वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
उपप्रमुख कमल बोहराको संयोजकत्वमा गरिएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रशाद भट्ट, वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्ट, नगरपालिकाका दर्ताका कर्मचारी, योजना साखा प्रमुख, एवं प्रतिनिधि, कृषि साखा प्रमुख एवं प्रतिनिधि,स्वास्थ्य सस्थाका प्रतिनिधि लगायत खोडपे प्रहरी चौकीका प्रतिनिधिहरुले बजार क्षेत्रमा अनुगमन गरेका हुन् ।




