Vutlaxapu
Laxmibhuwan sun chadi

कीर्ते कागजात बनाइ जागिर खाएका बझाङ घर भएका डीएसपी सिंहलाई ८ महिना जेल,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -किर्ते कागजात बनाइ उमेर घटाएर नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा बझाङ घर भएका प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई ८ महिना कैद सुनाएको छ। कीर्ते कागजातको कसुरमा उनलाई विशेष अदालतले यसअघि नै दोषी ठहर गरेको थियो। तर सजाय निर्धारण हुन बाँकी थियो।
पूर्णपाठ सार्वजनिक भएसँगै सिंहलाई ८ महिना कैद सजाय तोकेको प्रस्ट भएको हो। यस्तै उनलाई १५ हजार रुपैयाँ जरिवाना पनि हुने फैसलामा उल्लेख छ।
डीएसपी सिंहले जन्म मिति २०३२ साललाई २०३३ साल बनाएर नक्कली प्रमाण पत्र पेश गरी प्रहरी निरीक्षकमा भर्ना भएको विशेष अदालतले ठहर गरेको हो।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।
२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना हुन उनले आवेदन दिएका थिए। तर लोक सेवा आयोगले २०६१ सालमा मात्रै नतिजा सार्वजनिक गरेको थियो। आवेदन दिँदा उनी २५ वर्ष नाघिसकेको पाइएको विशेष अदालतले जनाएको छ। सुरुमा सिंहले एसएलसीको चारित्रिक प्रमाण पत्र नै नक्कली बनाएका थिए। पछि त्यसैका आधारमा नागरिकताको प्रतिलिपि पनि लिएको खुलेको हो। # d

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page