Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुबाट चितुवाको छालासहित दुई जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

महेन्द्रनगर कञ्चनपुर बाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–३ देखतभुलिबाट डडेल्धुराको अमरगढी नगरपालिका ३ काँडेघर भएका ४० वर्षिया मालती मल्ल सेठी र जोसिनाका २९ बर्षिय मोहन साकी चितुवाको छालासहित पक्राउ परेका हुन् ।

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय झलारीकाे संयुक्त टोलीले बिशेष सूचनाका आधारमा देखतभुलीस्थित निरञ्जन मल्लको घरबाट सो छाला बरामद गरेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

पक्राउ गरिएकाे एउटा छाला ८ फिट ८ ईन्च लम्बाई र ३ फिट चौडाईको छभने अर्को ७ फिट २ ईन्च लम्बाई र दुई फिट ८ ईन्च चौडाईको रहेको प्रहरीको भनाइ छ । ‘पक्राउ परेका दुवै जना कुखुरा फार्ममा काम गर्ने कामदार हुन्, पहाडबाट छाला ल्याएर यता लुकाएको हुनसक्छ, उनिहरुलाई वन कार्यालयको जिम्मा लगाउँछौ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक चक्रबहादुर शाहले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page