



बैतडी,
बैतडीमा बदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमण् गर्दा एक जना घाइते भएका छन् । मेलौली नगरपालिका २ कोटका ६८ वर्षीय गणेश चन्द घाइते भएका हुन् । उनको हात र घाटीमा चोट लागेको घाइतेका आफन्त एवं मेलौली नगरपालिकाका स्वास्थ्य साखा प्रमुख नारायण चन्दले जानकारी दिए ।
‘चितुवाले खोरबाट बाख्रालाई लेखेटेर लगेको थियो, छुटाउन जादा बदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाले चन्दमाथी आक्रमण गरेको हो,’ उनले भने । स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार भइरहेको उनले बताए । केहिबेर पासोमा फसेको चितुवा फुत्केर गएको पनि उनले बताए ।
जिल्लाको तल्लो स्वाराड क्षेत्रका ३ स्थानीय तह मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्रहरु हुन् । २०६८ साल देखि हाल सम्म २ दर्जन बढी मानिसहरुको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ ।




