


बैतडी,
बैतडीको डिलाशैनी गाउँपालिकाका एक युवक काठमाण्डौंमा मृत भेटिएका छन् । डिलाशैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका गणेशसिंह बोहराका छोरा २१ बर्षीय कपील बोहरा मृत भेटिएका हुन् ।

फार्मेसी अध्ययन गरिरहेका बोहरा आज आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । घटना केकसरी घटेको हो भन्नेबारे खुल्न सबैको छैन ।
मृतक बोहराको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको भट्टले बताए ।




