Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा स्थानीय तह चुनावमा भाग लिएका उम्मेदवारले खर्च विवरण पठाएनन 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बैतडीमा उम्मेदवार बनेकाहरुले निर्वाचन विवरण बुझाउन अटेरी गरेका छन्।यहाँका ४४२ उम्मेदवारले मात्रै स्थानीय तह निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन्। गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ४४२ उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिए।
निर्वाचन सम्पन्न भएको एकमहिनाभित्र उम्मेदवार भएकाहरुले निर्वाचन कार्यालयमा आफ्नो निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। निर्वाचनमा भाग लिएका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ।बैतडीमा ४४० पदका लागि १ हजार ४७६ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए। त्यसमध्ये २८४ जनाको धरौटी जफत भएकोमा बाँकी ११९२ जना उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाउनुपर्ने थियो।

सबै उम्मेदवारहरुलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुझाएपछि प्राप्त विवरण निर्वाचन आयोगमा पठाइसकिएको  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विवरण नबुझाउने उम्मेदवारको नामावली आयोगमा पठाइएकोले आयोगको निर्देशनअनुसार कारबाही हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

निर्वाचन आयोगले महानगरपालिकाका प्रमुख–उपप्रमुखका उम्मेदवारले सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखले पाँच लाख ५० हजार, नगरपालिकाका प्रमुख–उपप्रमुखले चार लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले तीन लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले खर्च सीमा तोकेको थियो।

त्यसैगरी, महानगरपालिकाको वडा अध्यक्ष र सदस्यका उम्मेदवारले बढीमा ३ लाख रुपैयाँ र उपमहानगरको वडा अध्यक्ष र सदस्यका उम्मेदवारले बढीमा २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ।

नगरपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा २ लाख रुपैयाँ खर्च गर्न पाउने र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page