



बैतडी _निर्वाचन कार्यालय बैतडीले पनि सरकारले घोषणा गरेको लागि तयारी थालेको छ । जिल्लामा रहेका १२९ वटा मतदान स्थलहरुमध्ये ११ वटा मतदानस्लको नाम तथा स्थल परिवर्तनका लागि सिफारिस गरिएको छ ।
दशरथचन्द नगरपालिका ८ को गाविस भवन त्रिपुरा सुन्दरीमा रहेको केन्द्रलाई स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी सार्न प्रस्ताव गरिएको छ ।
दशरथचन्द नगरपालिका १ को गाविस भवन गुरुखोला रहेकोमा मणिलेक मावि गुरुखोला सार्ने प्रस्ताव गरिएको छ ।
मेलौली नगरपालिका २ को गविस भवनसलेना मणिकुल मतदान स्थल रहेकोमा नजिकैको धरमघर माविमा मतदान स्थलमा सार्न प्रस्ताव गरिएको छ ।
दोगडाकेदार गाउँपालिका ७ को गाविस भवन लोटनपाखा रहेकोमा भुमेश्वर आधारभुत विद्यालय रिखाली मतदान स्थल रहने भएको छ ।
सिगास गाउँपालिका वडा नं ४ को कैलपाल आधारभुत विद्यालयमा मतदान स्थल रहेकोमा अब वडा कार्यालयमा मतदान स्थल राख्न सिफारिस गरिएको हो ।
ठाउँ अभावले गर्दा केन्द्र परिवर्तन गर्नुपरेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिए । मतदानस्थल परिर्वतन गरिएका ठाउँहरु साविकको भन्दा सय मिटरको हाराहारीमै रहेको उनले बताए ।
यसैगरी पुराना गाविस भवन भनेर नामाकरण गरिएका मतदान केन्द्रहरुको नाम पनि परिवर्तन गरिएको छ ।
पुर्चाैडी नगरपालिकाको ७ को गाविस भवन कोटिला राइनेचौर रहेको मतदान केन्द्रको नाम ७ नं वडा कार्यालय कोटिला राइनेचौर नाम राख्न सिफारिस गरिएको छ ।
पञ्चेश्वर गाउँपालिका ६ को गाविस भवन रोडिदेवल नाम रहेको मतदान केन्द्रको नाम ६ नं वडा कार्यालय नामाकरणको लागि सिफारिस गरिएको छ ।
पञ्चेश्वर ५ को गाविस भवन गिरेगडा नामाकरण गरिएको स्थलको नाम ५ नं वडा कार्यालय गिरेगडा नामाकरण गरिएको छ ।
पञ्चेश्वर गाउँपालिका २ को गावि भवन नामाकरण गरिएको मतदान स्थललाई २ नं वडा कार्यालय महाकाली नामाकरण गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ को गाविस भवन पल्लाचौडाली रहेकोमा ५ नं वडा कार्यालय पल्लाचौडाली नामाकरणका लागि सिफारिस गरिएको छ ।
सुर्नया गाउँपालिका १ को गाविस भवन गुर्केली नामाकरण गरिएको मतदानस्थलको नाम १ नं वडा कार्यालय हटैराज नामाकरणका लागि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
गाविसको कार्यालय नामाकरण गरिएका स्थलहरुलाई वडा कार्यालय भनि नामाकरणको लागि सिफारिस गरिएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
यसैगरी बैतडीमा २ हजार ८०८ मतदाता थपिएका छन् । यहि असार १ गते देखि श्रावण १९ गते सम्म २ हजार ८०८ मतदाता थपिएको निर्वाचन अधिकारी फुयालले जानकारी दिए । जिल्लामा कुल मतदाताको संख्या १ लाख ४८ हजार ६०६ रहेको छ । जिल्लामा १२९ मतदान स्थल रहेका छन भने २०५ मतदान केन्द्र रहेका छन् ।
सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने निर्णय गरेको छ ।




