



बैतडी: पुस १४ बैतडि सहित सुदूरपश्चिमका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे , अनारखोली , सत्बाँझ श्रीभाबर ,बाजपानी लगायतका ठाउँ हरुमा मंगलबार राती देखि हिमपात भैरहेको छ । यो बर्ष पहिलो पटक हिमपात भएको हो । अहिले पनि हिमपात भैरहेको छ ।
हिउँ पर्न थालेसङ्गै चिसो बढेकाले स्वास्थ सावधानी अपनाउन स्वास्थ्य कर्मिले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न स्वास्थ्यकर्मिले सुझाएका हुन ।




