


बैतडी,
भारतको पञ्जाबबाट सुन चोरी गरिएको प्रकरणमा प्रहरीले बैतडीका दुई जनालाई पक्राउ गरेको छ । भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उक्त प्रकरणमा सोमबार बैतडीका दुईजनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुको परिचय भने गोप्य राखेको छ । सुन चोरी प्रकरणमा अहिले सम्म ६ जना पक्राउ परेका र उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

सोमबार पक्राउ परेका बैतडीका दुईजना पनि भारतबाट सुन चोरेर नेपाल ल्याउने कार्यमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।
यसअघि सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने सहित चार जनालाई पक्राउ गरेको थियो ।




