Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाँउँपालिका मा एकै पटक ११जना कर्मचारीको सरुवा, काम चलाउनै मुस्किल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, पुस १५
बैतडीको दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीहरुको एकै पटक सरुवा हुदाँ पालिकालाई काम चलाउनै मुस्किल भएको छ । संघीय सरकारले भरखरै ल्याएको नयाँ नितिमा स्थानियहका कर्मचारी सरुवा खुल्ला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको एकैपटक सरुवा भएको हो ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकामा कार्यरत १ जना इन्जीनियर, २ जना ओभरसियर तथा १ जना सव ओभरसियर, ५ जना वडा सचिवहरु, १ जना कम्युटर अपरेटर र १ जना आन्तरीक लेखा परिक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।

कर्मचारीहरुको अन्यत्रै सरुवा भएपछि सेवा प्रवाह गर्न मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैतडी जिल्लाका पालिकाहरु मध्ये पहिलो पटक लोकसेवाबाट कर्मचारी माग गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेको हुदाँ हामीसंग कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले कल्पनानै नगरेको निति ल्याउदाँ कर्मचारीहरुको सरुवा भयो । अहिले हामीलाई सेवा प्रवाह गर्न निकै असहज भएको छ ।’ केहि पदहरुमा करारका कर्मचारी भर्ना गर्न सकिने भएपनि इन्जीनियर र वडा सचिवहरुको पदपुर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताउनुभयो । लोकसेवाबाट आएका नयाँ कर्मचारी मध्ये ३जना बाहेक सबै कर्मचारी सरुवा भइसकेको उहाँले बताउनुभयो । केहि प्राविधिक कर्मचारी करारमा भर्ना गर्न मिल्ने भएपनि प्रशासनिक कर्मचारीहरुको अभाव हुने अध्यक्ष कार्कीले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिकाका ८ वडाहरु मध्ये वडा न. १ बाहेकका सबै वडाहरु सचिव विहिन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बहादुर धामीले बताउनुभयो । कामको चाप बढेका बेला कर्मचारीहरु सरुवा हुदाँ सेवा प्रवाहमा समस्या भएको उँहाले बताउनुभयो ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page