


बैतडी,
बैतडीमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार आज पनि सजल्लामा ५ जना कोरोनाका बिरामी थपिएका छन् । झुलाघाट नाकामा गरिएको परिक्षणमा २ जनामा र जिल्ला अस्पताल बैतडीमा गरिएको परिक्षणमा ३ जना गरी ५ जना नयाँ कोराना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बैतडीका सुचना अधिकारी बिपिन लेखकले जानकारी दिए ।

जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका छन् । भारतबाट आउनेहरु र समुदाय भित्रैकाहरुमा पनि कोरोना संक्रमण देखिने क्रम नरोकिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।




