Vutlaxapu
Laxmibhuwan sun chadi

पत्रकार विष्ट मिडिया प्रसनालिटि अफ द इयर अवार्डबाट सम्मानित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीका पत्रकार विनाेद सिंह विष्ट मिडिया प्रसनालिटि अफ द इयर अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति राससका बैतडी समाचारदाता विष्टलाई युवा सम्मेलनकाे अवसरमा काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अवार्डसहित सम्मानित गरेका हुन् ।
युवा, सामाजिक रुपान्तरणका कार्यहरु, उद्यमशीलता, कृषि, पर्यटन जस्ता क्षेत्रमा सकिृय रहेर बिभिन्न मिडियाको माध्यमबाट प्रचारप्रसार गरी युवाहरुलाई समेत उत्प्रेरणा दिने तरिकाबाट कार्य
गरेकाे भन्दै अवार्ड प्रदान गरिएको हाे ।
नेपाल युवा परिषद्ले उक्त अवार्ड देशभरीबाट आवेदन परेका पत्रकारमध्येबाट विष्ट छनाैट भएका हुन्।
बैतडीको दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेट घर भएका विष्ट एक दशकदेखि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन् ।
नेपाल युवा परिषदले देशका बिभिन्न क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सामाजिक अभियान्ताहरुलाई थप प्रोत्साहन गर्दै उनीहरुलाई अझै हौसला प्रदान गरी सक्रियताका साथ काम गर्न प्रेरित गर्ने हेतुका साथ अवार्ड प्रदान गर्दै आएकाे छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page