Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा पहिलोपटक सवारी लाइसेन्सको परीक्षा, भदौमा ट्रायल लिइने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -डडेल्धुरामा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ। यातायात व्यवस्था कार्यालय डडेल्धुराले आइतबार लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुट, जीप र कारको लिखित परीक्षा सञ्चालन गरिएको निमित्त कार्यालय प्रमुख मेखराज उपाध्यायले बताए। अब लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल गर्ने तयारी रहेको उनले बताए।

उनका अनुसार कार र जीपका लागि ४८ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा ४३ जना सहभागी भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय २२ जनाको बायोमेट्रिक भएकोमा ५ जना अनुपस्थित भएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page