गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

योजना आयोगका उपाध्यक्ष पौडेलसँग सडक र ग्रामीण विकासका योजना माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी पुस १५। सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुग्नुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् ।

बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाहरूले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडकहरू कालोपत्रेको माग राखेका छन् ।

खालि ठाँउ २

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भन्नुभयो, ‘बैतडीका मुख्य सडकहरू मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ । तर फेरी भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न फेरी मजबुत योजना बनाउन जरुरी छ । यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहहरूलाई जिल्ला सदरमुकाम सँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यस तर्फ आयोगको ध्यानाकर्षण गराए ।

जिल्लाको सुर्नया गाउँपालिका अध्यक्ष वीर बहादुर विष्टले हरेक स्थानीय तहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्न का लागी योजना बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागी सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीय तहहरूले पालिकाको केन्द्र सम्म पुग्न चक्रपथ निर्माण गरिरहेका छन् । यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’

कार्यक्रममा जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखहरूको सहभागिता थियो । यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिहरूले माग गरेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page