


बैतडी -बैतडीमा दुई जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । सिगास गाउँपालिका ५ रातापोडका अन्ताजी २२ वर्षीय केशव दमाइ र अन्ताजी १८ वर्षीया रमिता बिक खैरकोटमा रहेको भुवनेश्वरी मावि नजिक रुखमा (पछ्यौरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको घटनास्थलमा रहनु भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । दुबै जनाको शवलाई पोष्टमाटमको लागि पाटन ल्याइदै छ

दुबै जनाको प्रेम सम्बन्ध रहेको स्थानीय नरेन्द्र साउदले बताए । उनिहरु छिमेकी रहेको उनले बताए । मृतक रमिता भुवनेश्वरी माविमा कक्षा १०मा अध्यानरत थिइन् ।
स्थानीयहरुले बिहिबार साँझ दुबै जना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




