Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरामा जिप दुर्घटना, ८ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेलधुरा,डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।

जय भगवति मेलौली सुनचाँदी

घाइते हुनेमा अमरगढी नगरपालिका–१ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा गाउँपालिका–२ की चित्रा मल्ल, गन्यापधुरा–३ का बाटु भूल र नवदुर्गा गाउँपालिका–३ की शारदा पन्त उप्रेती रहेका छन्।

यस्तै, गन्यापधुरा–२ का पशुपति मल्ल, जनक मल्ल र जिप चालक यदुनाथ उप्रेती पनि घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए।

उनका अनुसार जिप सडकबाट तीन/चार सय मिटर तल खसेको छ। जिप आइतबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक जोशीले बताए। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।#unitikhabar

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page