Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा प्रेस चौतारीको जिल्ला स्तरिय सांठनिक प्रशिक्षण कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- बैतडीमा प्रेस चौतारीको जिल्ला स्तरिय सांठनिक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी बैतडीका उपाध्यक्ष प्रकाशचन्द्र भट्टको सभाध्यक्षतामा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामा रहनुभएको थियो भने नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा प्रदेशसभा सांसद लिलाधर भट्ट , नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा संघिय सासंद दामोदर भण्डारी बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी महासचिव हिरामान लामाले प्रेस चौतारी नेपाल पत्रकारका हकहितमा कामगर्ने एकमात्र संगठन भएको बताए। साथै संगठनमा आबद्ध पत्रकारहरुलाइ कृयासिल भएर लाग्न निर्देशन दिनुभयो।

 

यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं प्रदेससभा सांसद लिलाधर भट्टले श्रमजीवी पत्रकारहरू प्रेस चौतारीमै रहेको वताएका छन। यस्तै उनले बर्तमान गठबन्धन सरकारले महङ्गी, अनियमितता, भ्रष्टाचार,सरुवा बढुवा, लगायतका घिनलाग्दा कामहरुमा छलाङ मारेको टिप्पणी गरेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिती नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष एवं संघिय सांसद दामोदर भन्डारीले बर्तमान सरकारलाइ जनताको सरकार नभइ ठगबन्धनको झुण्ड समुह भएको बताए। यस्तै बर्तमान सरकारले नागरिकता बिधेयक ल्याएर नेपालको राजनितीमा ठुलो असर परेकोले देश र जनताप्रति ठुलो गद्भारी गरेको आरोप लगाएका छन।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सचिव एवं सुदूरपश्चिम ईन्चार्ज लोकशरी कुवँर , प्रेस चौतारीका सुदूरपश्चिम महासचिव शिवराज भट्ट , प्रेश चौतारी बैतडीका केन्द्रिय सदस्य लोकेश साउँद लगायत प्रेस चौतारीमा आवद्ध पत्रकारहरुको उपस्थीती रहेको थियो ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page