



बैतडी -बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाईते भएका छन् । शिवनाथ गाउँपालिका ६ बसेडी ठाडा ईजरका १३ बर्षिय पारस धनाडी घाईते भएका हुन् । मंगलबार बिहान करिब ६ बजेतिर धनाडीलाई आक्रमण गरेको वडा नम्बर ६ का वडाअध्यक्ष भरत राम पार्कीले जानकारी दिनुभयो ।
बिद्यालय जाने क्रममा बाटोमै चितुवाले धनाडीमाथी आक्रमण गरेको हो । चितुवाले उनको टाउको र पिड्यँुमा घाउ बनाएको वडाअध्यक्ष पार्कीले बताउनुभयो ।
घाईते धनाडीको उपचारका लागि केशपुर प्राथमिक स्वास्थ्य केन्द्र मैलौली पठाइएको छ । घाईते धनाडी मणिलेक माध्यामिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए ।




