
बैतडीको पाटन नगरपालिकामा युवासंघ नेपाल बैतडीले ११गते प्रशिक्षण तथा बैठक गर्ने
पुर्चौडी नगरपालिकामा भदौ १२ मा आयोजना हुने




बैतडी-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाटन नगर कमिटीको आयोजनामा पाटनमा नगरपालिका स्तरिय प्रशिक्षण तथा पालिका बैठक भदौ ११गते आयोजना हुने भएको छ्। संघको ७ भदौमा सम्पन्न बैठकले प्रशिक्षणका लागि निर्णय गर्दै सबै पालिका कमिटीहरुलाई पठाइएको सर्कुलर अनुसार पाटन नगरपालिकामा प्रशिक्षण तथा पालिका बैठक भइरहेको छ। यस्तै बैतडीको पुर्चौडी नगरपालिकामा युवा संघ नेपाल पुर्चौडी नगर कमिटीको आयोजनामा भदौ १२ गते कार्यकर्ता प्रशिक्षण तथा पालिका बैठक आयोजना गरिएको युवा संघका जिल्ला इन्चार्ज लोकेन्द्र भण्डारीले बताए । कार्यक्रममा एमाले महासचिव बैतडी आउने कार्यक्रम को तयारिका बिषयमा समेत महत्वपूर्ण छलफल हुने बताएका छन। बैतडीमा युवा संघ नेपालले रणनैतिक योजनासहित कार्यक्रमको रुपरेखा निर्माण गरिरहेको समेत जानकारि दिएका छन्।



