



बैतडी -बैतडीको पाटनमा नेकपा एमालेको प्रशिक्षण कार्यक्रम १६ गते हुने भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम हुने भएको हो । यसअघि १५ गते हुने भनिएको प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरिएको हो । अब १६ गते नै प्रशिक्षण कार्यक्रम हुने नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
पाटनमा हुने १६ गतेको प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि पदाधिकारी र सदस्य, जनप्रतिनिधि, सल्लाहकार समितिका प्रतिनिधि, पालिका कमिटिका पदाधिकारी, वडा कमिटि अध्यक्ष जनवर्गीय संगठनका केन्द्रिय सदस्य र जिल्ला पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुलाई एमालेका महासचिव पोखरेलले प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको जिल्ला कमिटि उपसचिव भण्डारीले बताए ।




