Vutla
Laxmibhuwan sun chadi

सुर्नयामा कार्यालय प्रमुख र लेखा प्रमुखको कक्षमा तालाबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिकाको कार्यालय प्रमुखको कक्ष र लेखासाखामा तालाबन्दी गरिएको छ । सुचना दिन आनाकानी गरेको भन्दै तालाबन्दी गरिएको हो । बिगतका वर्षहरुमा भएका गरेका आर्थिक आयब्यायको विवरण, विगतका वर्षमा निर्माण गरिएको सडकको विवरण र ती सडकमा भुक्तानीको विवरण, सनिटरी प्याड खरिदको विवरण सहितको जानकारी, कोरोना राहात वितरणको विवरण र प्रधानमन्त्री रोजगार कार्यक्रममा वितरण गरिएको आर्थिक स्थितीको पूर्ण विवरणसहितको जानकारी गराउन १७ दिन पहिले नै जानकारी गराउन निवेदन दिएको भएपनि सुचना दिन आनाकानी गरेपछि तालाबन्दी गर्न बाध्य भएको भुवन चन्दले जानकारी दिए ।

 

आर्थिक अवस्थाको बारेमा विवरण माग गर्न बनेको संघर्ष समितिका संयोजक देव बहादुर चन्दसहितको समुहले पालिकाको कार्यालय प्रमुख र लेखासाखामा तालाबन्दी गरेका हुन् ।
सुर्नया गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हिमान्सु भट्टले संघर्ष समितिले माग गरेको सुचना दिएको तर उनिहरुले विल र भर्पाइ समेत मागेको हुनाले बिल भर्पाई दिन नमिल्ने बताए । गोपनियताको हक समेत कार्यान्वयन हुने भएकाले विल र भर्पाइ दिन नमिल्ने उनले बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page