



बैतडि:पुस१७ नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका अन्तर्गत राष्ट्रिय युवा संघ नेपाल र नेपाल उत्पिडित जातिय मुक्ति समाजको प्रथम पालिका अधिबेशन सम्पन्न भएको छ।नेपाल राष्ट्रिय युवा संघ नेपाल दोगडाकेदार गाँउपालिका कमिटी संयोजक मोहन सिंह कार्की को अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य तथा प्रदेश साँसद लिलाधर भट्ट रहनुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश कमिटि सदस्य एबम दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की बिशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्ट ले नेपाल कम्युनिष्ट पार्टी एमाले को बिरुद्ध अराजक, अनैतिक टिप्पणी गर्ने जो सुकै लाई पनि नछाड्न निर्देशन दिनुभयो। साथै उहाँले नेपाल कम्युनिष्ट पार्टी एमाले नेतृत्व को सरकारले राष्ट्र का लागि र नेपालि जनता का हितमा काम गर्दै जाँदा देशि बिदेशी शक्ती का मातियारहरुले षड्यन्त्र गरि पार्टी विभाजन,गरि देशमा अस्थिरता ल्याएको बताउनुभयो। यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि चक्र बहादुर कार्कि ले युवाहरु रहरलाग्दा, डरलाग्दा,र भरलाग्दा हुनुपर्ने बताउनुभयो। विकाश बिरोधि हरु प्रति एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै, उनले भने नेकपा एमाले सँग प्रतिस्पर्धा गर्न प्रतिपक्षी हरुलाई हिम्मत नभएको र हिम्मत छ भने एक्लाएक्लै चुनाव लड्न चुनौती दिनुभयो। साथै ने.क.पा.एमाले जनता को हितमा काम गर्ने पार्टी भएको र निरन्तर काम गरिरहने बताउनु भयो । सम्पन्न अधिबेशनमा दोगडाकेदार गाउँ कमिटी इन्चार्ज डम्बर बहादुर कुँवर र धोज बहादुर महरा को अध्यक्षता मा ४५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल को पालिका कमिटी गठन भएको छ।यस्तैअमर लुहार को अध्यक्षता मा ४१ सदस्यीय नेपाल उत्पिडित जातिय मुक्ति समाज को पालिका कमिटि गठन भएको छ।। उक्त कार्यक्रम सन्चालन जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी सचिव कमल भुल ले गरेका थिए कार्यक्रममा नेता कार्यकर्ता एबम हजारौ युवाहरुको उपस्थिति रहेको थियो




