गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा चल्ने जिपका लागि भाडा निर्धारण,टिकट काटेर मात्रै सवारी बोक्नुपर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी -बैतडीमा चल्ने सार्बजनिक यतायात जिपहरुको भाडा निर्धारण गरिएको छ । यहि भाद्र ९ गते स्थानीय प्रशासन, यतायात ब्यावसायी र सरोकारवाला सहितको छलफलबाट भाडा निर्धाण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
नाया भाडादर अनुसार गोठलापानी देखि देहिमाण्डौको लागि ७०, गोठलापानी देखि सत्बाजसम्म १५०, गोठलापानी देखि पाटनसम्म २३०, गोठलापानी देखि खाडेपे ३५०, गोठलापानी देखि झुलाघाटसम्म १६०, गोठलापानीदेखि सिल्लेगाडा २३०, गोठलापानी देखि खोच्लेक २५०, गोठलापानी देखि बसाली ३००, गोठलापानी देखि दोली ३५०, गोठलापानी देखि गोकुलेश्वर ४४० रुपैया भाडादर कायम भएको छ ।
त्यसैगरी देहिमाण्डौ देखि गिरेगडा ३२०, देहिमाण्डौ देखि भट्टाड १७०, देहिमाणडौ देखि डिब्डया २१०, झुलाघाट देखि बित्थडसम्म ७००, गोठलापानी देखि सेरा १७५, गोठलापानी देखि डडेल्धुरा ५००, पाटन देखि अट्तोलासम्म ७५, पाटन देखि स्याडीखोला १००, पाटन देखि सलेना १५०, पाटन देखि लामालेक २३०, पाटन देखि मेलौली २५०, खोडपे देखि बिन्द्राबन १०० रुपैया भाडा तोकिएको छ ।
माथि उल्लेखित ठाउँ बाहेकका कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैयाका दरले भाडा कायम रहने जनाइएको छ । अब देखि छोटो तथा लामो दुरीमा चल्ने जुनसुकै जिप ब्यावसायीहरुले सवारी साधानमा भाडादर टासगरी अनिवार्य टिकट काटेर मात्रै सवारी बोक्नुपर्ने पनि सहमती भएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page