



बैतडी -बैतडीको दशरथचन्द नगरपालिका १ मा रहेको केदार आधारभुत विद्यालय डोडरचैर ‘एक तारे’ विद्यालय घोषणा गरिएको छ । खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्दन कार्यक्रम अन्तरगत उक्त विद्यालय एक तारे विद्यालय घोषणा गरिएको सञ्चारकर्मी सुरेश महराले जानकारी दिनुभयो।
युनिसेफ नेपाल र रुडेस बैतडीको आर्थिक तथा प्राविधिक सहयोग र दशरथचन्द नगरपालिकाको समन्वयमा उक्त विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्दन कार्यक्रम सञ्चालनको क्रममा रहेको थियो । यो कार्यक्रम कार्यान्वयनका क्रममा विद्यालयमा सरसफाईका लागि कार्यक्रमहरु भएका थिए । सरसफाईका दृष्टिले विद्यालयमा एक तारे का लागि सुचक पुरा एका आधारमा उक्त विद्यालय एक तारे विद्यालय घोषणा गरिएको हो ।




