गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत गएर म्याउम्याउ गरे:आोलि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका कार्यकर्ता गठबन्धनदेखि पछुताइरहेको बताएका छन्। बुधवार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यो पार्टी सिद्धिने भयो भनेर मनमनै धेरै रोएका छन्। मनमनै छट्पटाएका छन्। खोनेबेला थोरै पस्क है भन्छन्। सुत्नेबेला पार्टीको चिन्ताले निन्द्रा लाग्दैन’ ओलीले भने, ‘म साथीहरुलाई चिन्ता नलिएर एमालेमा आउन आग्रह गर्छु। देश बनाउने जिम्मा एमालेको हो।’
ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन्।  ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ।’
यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको बताएका छन्। साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको उनले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो। कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो। लिपुलेक,कालापानी फिर्ता देउ भन्नुपर्दैन ?’ ओलीले भने, ‘अर्को गठबन्धनको नेता जानुभो अलिपछि । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो। खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page