गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको सुर्नयामा गत बर्ष प्रधानमन्त्री स्वरोजगारमा ब्यापक अनियमितता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी -सुर्नया गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगारको कार्यकक्षमा तालाबन्दी भए पस्चात एउटा रहस्य खुलेको छ।सुर्नया ५ बिष्टपालि स्थित खिटकिडी देखि उप्प्याखोला सम्म गत बर्ष सन्चालन भएको प्रधानमन्त्री स्वरोजगार अन्तरगत सडक र घोरेटो बाटो निर्माणको कामै नभइ फरिफारक भएको स्थानियले आरोप लगाएका छन। संघर्ष समितिका सदस्य राम बिष्टले दिएको जानकारी अनुसार आफुहरुले त्यसको जानकारी लिन प्रधानमन्त्री स्वरोजगार साखामा कार्यरत इन्जिनियरसंग बुझ्दा आाफुले कामै नभएको बाटोमा मुल्यांकन गरि फरिफारक गराएको र त्यसमा गल्ति भएको स्विकार गरेको बैतडिबुलेटिन लाइ जानकारी दिएका छन्।

गत बर्ष सुर्नया ५ बिष्टपालि स्थित खिटकिडी देखि उप्प्याखोलासम्म रोड सफाइ र घोरेटो बाटो निर्माण योजनामा पांच लाख पचास हजार विनियोजन गरिएको पाइएको छ।
जस अन्तर्गत सडक सफाइ अन्तर्गत २१ मिटर सोलिङ्ग भएको र घोरेटो बाटोमा काम नै नभइ भुक्तानी भएको स्थानियले बताएका छन। यस सम्बन्धमा थप जानकारी लिन र स्थलगत रिपोर्टीङ्ग गर्न समय दिन प्रधानमन्त्री स्वरोजगार साखामा कार्यरत इन्जिनियरसंग पटक पटक आग्रह गर्दासमेत आनाकानी गरेको पाइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page