


बैतडी -राष्ट्रिय युवा संघ नेपाल शिगास गाउ कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ नेपालका जिल्ला कमिटी सदस्य सुरेन्द्र सिंह धामीको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्टिय युवा सघ नेपाल केन्द्रीय सदस्य तथा सुप सह इन्चार्ज देबेन्द्र कुवर प्रमुख अतिथि रहेका थिए।
यस्तै विशिष्ट अतिथिमा नेकपा (एमाले) सुदुर पश्चिम प्रदेश कमिटी सदस्य जस्बिर बोहरा रहेका थिए। यस्तै अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्दृय सदस्य बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भण्डारी, जिल्ला कमिटी सदस्य एबं सिगास गाउपालिका उपाध्यक्ष धना धामी ,पार्टी जिल्ला कमिटी सदस्य एवं सिगास गांउ पालिका ५ का वडा अध्यक्ष राजेन्द्र चन्द २ नम्बर वडा अध्यक्ष खगेन्द्र ऐर सिगास गाउकमिटी उपाध्यक्ष सुर्य बोहरा सहित जनप्रतिनिधिहरुको उपस्थिति रहेको खबर प्राप्त भएको छ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित गरि युवा संघले आफ्नो संगठन बिस्तार सहित निर्वाचन गतिबिधि अगाडी बढाई रहेको छ।
पछिल्लो समय राष्ट्रिय युवासंघ नेपाल स्थानिय तहहरुले गरेको अनियमित्ता, भ्रष्टाचारका विरुद्ध खबरदारी गर्न कडा रुपमा प्रस्तुत भएको छ।





