Vutla
Laxmibhuwan sun chadi

बैतडीमा विद्यार्थीलाई कुटपिट गर्ने युवकमाथी कारवाही हुनुपर्ने अनेरास्ववियुको माग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -अनेरास्ववियु बैतडीले पनि विद्यार्थीमाथी कुटपिट गर्ने युवकलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग  राखेको छ । अनेरास्ववियु बैतडीले एक बिज्ञपप्ती जारी गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथी कारवाही हुनुपर्ने माग राखेको हो ।

स्वतन्त्र रुपमा बालबालिकाले विद्यालयमा खेल्न पाउनु पर्ने भन्दै यस्ता अतिरिक्त क्रियाकलापमा बाधा पुर्याए बालबालिकाको मनोबिज्ञानमा समेत असर पर्नसक्ने भएकाले दाषीमाथी हदैसम्मको कारवाही हुनुपर्ने  अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र साउँद द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ ।

जय भगवति मेलौली सुनचाँदी

उक्त घटनाप्रती अनेरस्वावियु बैतडीको गम्भिर ध्यानाकार्षण भएको र घटनाका दोषीलाई कुनैपनि बाहानामा उन्मुक्ति दिने काम नगरिनुपर्ने अनेरस्वावियुको ठहर छ ।

शनिबार बैतडीको दशरथचन्द नगरपालिका ५ मा रहेको दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीमाथी कुटपिट भएको थियो । नेपाली सेनाले विद्यार्थीलाई दिदै आएको एनसीसी तालिमको क्रममा भलिबल खेलिरहेका विद्यार्थीमाथी होहल्ला गरेको भन्दै अन्ताजी २५ वर्षीय सुदीप चन्दले कक्षा ९ मा अध्यानरत प्रेम चन्दमाथी कुटपिट गरेका गरेका थिए ।त्यसपछि आइतबार विद्यार्थीहरु आन्दोलित बनेका थिए  । उनले जिल्ला प्रशासन कार्यालय अगाडी  दोषीमाथी कारावाहीको माग गरेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page