



बैतडी-राष्ट्रिय युवा संघ नेपाल दशरथचन्द नगर कमिटी द्वारा आयोजित प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ।
दशरथचन्द नगर कमिटी अध्यक्ष नन्द राज बोगटीको अध्यक्षता सम्पन्न भएको हो। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज विष्ना चन्द प्रमुख अतिथि रहेकि थिइन। यस्तै विशिष्ट अथितीमा नेकपा एमाले सुदुर पस्चिम प्रदेश कमिटी सल्लाहकार सदस्य देब बहादुर चन्द ,राष्टिय युवा संघ नेपाल केन्द्रीय सचिब एबम सुप सह ईन्चार्ज देबेन्द्र कुवर ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य बैतडी जिल्ला ईन्चार्ज लोकेन्द्र भन्डारी,पार्टी दनपा नगर कमिटी उपाध्यक्ष नारायण दत्त भट्ट, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य दिनेश सिनाल, खेलकुद महासंघ जिल्ला अध्यक्ष भुपेन्द्र चन्द सहित जनप्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ।

यो संगै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बैतडीले १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युवा संघले जिल्लामा नयाँ नेतृत्व चयन गरेपछि १० ओटै स्थानीय तहमा प्रशिक्षण तथा बैठक सम्पन्न गरेको हो।
जिल्लाका १० वटै स्थानीय तहमा संघको संगठन विस्तार र आसन्न चुनावको रणनीति बनाउन प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय युवा संघ नेपाल बैतडी जिल्ला अध्यक्ष महेन्द्र चन्दले बताए




