Vutla
Laxmibhuwan sun chadi

बैतडीमा संविधान दिवसको अवसरमा एक जनाको बाँकी कैद मिनाहा 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका बैतडीका एक जनाको कैद मिनाहा भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले  शिवनाथ गाउँपालिका ५ का टेकसिह साउँदको बाँकी कैद सजाय मिनाह गर्नुभएको हो ।
कर्तव्य ज्यान मुद्दामा २० बर्षको कैद सजाय भुक्तान गरिरहेका साउँदको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका कारागार प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो । २०६७ चैत २९ गते २० बर्षको कैद फैसला भएकोमा ८ औ संविधना दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको कारागार प्रमुख भण्डारीले बताउनुभयो । साउँदले साढे ११ बर्ष कैद भुक्तान गरीसकेका छन् । असल चालचलन भएका , नकरात्कमक सुचीमा नपरेका मुद्धामा संग्लन ब्यक्तीको कैद मिनाहा हुने गरेको छ ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ कैदीलाई सजाय माफी दिनुभएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page