


बैतडी -बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका १ लेककी १५ बर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् ।

माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको उनले बताइन् । काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । उनी स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अध्ययनरत थिइन् ।
बर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किँदा अन्य दुई जना समान्य घाइते भएका छन् । पीडित परिवारलाई पालिकाका तर्फबाट राहत उपलब्ध गराउने उपाध्यक्ष भट्टले बताइन् ।




