गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीमा समयमै निर्वाचन खर्च नबुझाउने ९ सय ७२ जना उम्मेदवारलाई कारवाही

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा समयमै निर्वाचन खर्च नबुझाउने ९ सय ७२ जना उम्मेदवार कारवाहीमा परेका छन् । गएको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका ९ सय ७२ जना कारवाहीमा परेका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गरिएको हो । बैतडीमा नगरपालिकाका प्रमुख तथा उपप्रमुखका १० जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई प्रतिव्यक्ति ४ लाख ५० हजारका दरले जरीवाना तोकिएको छ ।

यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका २७ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई प्रतिव्यक्ति तीन लाख ५० हजारका दरले जरीवाना तोकिएको छ ।

खालि ठाँउ २

यस्तै नगरपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य , महिला सदस्य र सदस्यका ४ सय ४६ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई जनही दुई लाखका दरले जरीवाना तोकिएको छ ।

यस्तै गाउँपालिकाका वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र सदस्य पदका ४सय ८९ जना उम्मेदवार कारवाहीमा परेका छन् । उनीहरुलाई जनही १ लाख ५० हजारका दरले जरीवाना तोकिएको छ ।

गएको स्थानीय तहको निर्वाचनमा बैतडीमा १ हजार ४७६ जना उम्मेदवार रहेका थिए । तोकिएको जरीवाना नतिर्नेलाई आगामी ६ बर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

३० दिनभित्र खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २५, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार कारवाही गरिएको आयोगले जनाएको छ ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page