Vutlaxapu
Laxmibhuwan sun chadi

शंकर संस्कृति माविमा खेताला शिक्षक राखेको गुनासो, विद्यालयमा पत्राचार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको सुर्नया गाउँपालिका ६मा रहेको शंकर संस्कृत माविमा खेताला शिक्षक राखेको गुनासो बढेको छ । यस विषयमा गाउँपालिकाले उक्त विद्यालयमा पत्राचार गरेको समेत गाउँपालिकाको शिक्षा साखाले जनाएको छ ।
विद्यालयमा कार्यरत मान बहादुर कुवँर विगत केहि महिनादेखि हाजिर नभएको भन्ने जनगुनासो बढेकाले पत्राचार गरेको शिक्षा साखाले जनाएको छ । ‘जनगुनसो आएको हो, हामिले पत्राचार गरेका छौँ, ३ दिनभित्र त्यसको पूर्ण विवरण मागिएको छ, कैफियत देखिए नियमानुसार अघि बढ्नेछौँ,’ शिक्षा साखा प्रमुख टंक प्रशाद अवस्थीले भने, ‘पारीश्रमिक रोकेका छौँ,’ ।
यस्तै सुर्नया गाउँपालिका ७ मा रहेको केदार माविमा पनि खेताला शिक्षक राखेको बिषय बाहिरिएको छ।
यस बिषयमा शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले पनि दुई वटै विद्यालयमा पत्राचार गरेको जानकारी आएको बताए ।
यता शंकर संस्कृत माविले गाउँपालिकाले पत्राचार गरेको जानकारी नआएको जनाएको छ । विद्यालयका प्रद्यानाध्यापक राम बहादुर बिष्टले विद्यालयमा यस सम्बन्धिको पत्र प्राप्त नभएको बताए ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page