Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा मकरीगाड जादै गरेको जिप दुर्घटनाः एकजनाको मृत्यु, पाँच घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला- दार्चुलाको मार्मा गाउँपालिकाबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड जादै गरेको म १ ज २३३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका वडा नम्बर ६ बस्ने १८ वर्षीय दिनेश सिंह धामी रहेका छन् । यस्तै पाँच जना घाइते भएका छन् घाइतेहरुको उद्धार गरी मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
जिप सडकबाट करिब दुई सय मिटर तल खसेको हो प्रतक्षदर्शीका अनुसार जीपमा ९ जना यात्रु रहेको र ८ जनाले हाम फालेर ज्यान जोगाएका बताए । हाम फाल्न नसकेर जीप संगै भिरमा खसेका एक जनाको ज्यान गएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page